काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई एकपछि अर्को धक्का लागिरहेको छ।
कहिले घुस काण्डमा मन्त्रीको राजीनामा त कहिले समर्थन फिर्ताले ओली सरकार थप कमजोर बन्दै गएको हो।
बुधबार संसदीय दलको बैठक बसेर जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
कार्यकारिणीबाट भने केही समय अघि नै समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
त्यसपछि प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग जसपाका नेताहरुले छलफल गरेपनि भूमि विधेयकका अन्तर्वस्तु, सत्ता सहकार्य लगायतबारे कुरा नमिलेपछि समर्थन फिर्ता लिएको हो।
भूमि विधेयकमा आफ्नो अडान कायम राख्दै संसदीय दलको बैठकबाट समर्थन फिर्ता लिने निर्णय गरेको जसपाले जनाएको छ।
जसपा समर्थन फिर्ता