च्यासलमा सुरू भयो एमाले सचिवालय बैठक, केही महत्त्वपूर्ण प्रस्ताव पेश गरिँदै

अक्षरपाटी
२०८२ साउन २ , बिहीबार ०२:०७ मा प्रकाशित

काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक पार्टी मुख्यालय, च्यासलमा सुरू भएको छ ।

एमाले कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार बैठक करिब एक घण्टा ढिलो गरि सुरु भएको हो । यो बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनबारे छलफल हुँदैछ ।

पार्टीको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी गर्नेगरी एमालेले आवश्यक तयारी गरिरहेको छ ।

यस्तै त्यही विधान महाधिवेशन तयारीका लागि यही साउन २ गते एमालेको पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

सचिवालय बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने कार्यालय सचिव डा. अधिकारीले बताए। यसअघि गत असार ११ गते एमालेको ५३औँ सचिवालय बैठक बसेको थियो ।

एमाले सचिवालय नेपाल कम्युनिष्ट पार्टी