Logo
२५ वैशाख २०८१, मंगलबार

सुदूरपश्चिममा ५.७ रेक्टरको भूकम्प, खप्तड आसपास केन्द्रबिन्दू

अक्षरपाटी
२०७९ कात्तिक २२ , मंगलबार ११:११ मा प्रकाशित

बझाङ। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

कर्णाली प्रदेशका केही जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको बताइएको छ।

सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, बैतडी, दार्चुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन्।

कतिपय ठाउँमा भूकम्प लगत्तै सर्वसाधारण घर बाहिर निस्किएका थिए। कतिपय स्थानमा भौतिक क्षति भएको बताइए पनि विवरण आइसकेको छैन।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दू बनाएर ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको हो।

सो भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ। भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी नआएको केन्द्रले जनाएको छ।

भूकम्प