सुख्खाग्रस्त तराई–मधेसको स्थलगत निरीक्षणमा प्रधानमन्त्री ओली

अक्षरपाटी
२०८२ साउन ९ , शुक्रबार १२:०७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् ।

आज बिहान १० बजे प्रधानमन्त्री सुख्खाग्रस्त मधेस प्रदेशको अवलोकन र भवन तथा पुलको उद्घाटन गर्न महोत्तरी हुँदै बारा जान लागेका हुन्।

प्रधानमन्त्री ओलीले सुख्खाग्रस्त मधेसको स्थलगत निरीक्षण र मधेसका किसानसँग भेटघाट गरेर उनीहरुका समस्या सुन्ने कार्यक्रम रहेको छ। ‘आज महोत्तरी र बारा जाँदैछु। तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाँइ हुन सकेको छैन। त्यहाँका वस्तुस्थिति हेरौं र स्थानीय किसानका कुरा सुनौं भन्ने लागेको छ।’ प्रधानमन्त्री ओलीले जानु अगाडि सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ।’

मन्त्रिपरिषद्को बैठकले यही साउन ७ गते तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए।

प्रधानमन्त्री ओली