Logo
१ असोज २०८२, बुधबार

अमेरिकाको मिसिगनमा चक्कु आक्रमण, ११ जना घाइते

अक्षरपाटी
२०८२ साउन ११ , आईतबार ११:०७ मा प्रकाशित

एजेन्सी। अमेरिका धेरैका लागि पहिलो रोजाइको देश मानिन्छ। जहाँ अत्याधुनिक सुविधा, भौतिक सुखसुविधाको मानक मानिन्छ।

तर यहाँको सामाजिक जीवन भने निकै जोखिमपूर्ण देखिँदै आएको छ। विद्यालय, सपिङ मलदेखि सार्वजनिक स्थानमा आक्रमणका घटना भने बढ्दै गएका छन्।

पछिल्लोपटक अमेरिकाको मिसिगन राज्यको ट्रिवर्स सिटीमा अवस्थित वालमार्टमा एक व्यक्तिको चक्कु प्रहारबाट ११ जना घाइते भएका छन्। तींमध्य ६ जनाको अवस्था गम्भीर बताइएको छ।

एक व्यक्तिले स्थानीय समय अनुसार शनिबार साँझ ६ बजे अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए।

द न्यूयोर्क टाइम्सका अनुसार घाइतेहरुको मुनसन मेडिकल सेन्टरमा उपचार भइरहेको छ।

सो घटनालगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनले चक्कु आक्रमण गर्नुको कारण खुलेको छैन । मिसिगन राज्य प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

वालमार्टले विज्ञप्ति जारी गर्दै घटनामा दुःख व्यक्त गरेको छ र अनुसन्धानमा प्रहरीलाई सघाउने वचन दिएको छ ।

सो घटनापछि प्रहरीले स्थानीयलाई भिडभाडयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ।

अमेरिका

ट्रेन्डिङ ( साप्ताहिक )