Logo
२४ कात्तिक २०८२, सोमबार

स्थानीय तहसम्बन्धी ज्ञान नै नभएकाे भन्दै २० जना शाखा अधिकृत फिर्ता

अक्षरपाटी
२०८२ साउन २१ , बुधबार १२:०८ मा प्रकाशित

काठमाडौं। लोकसेवा पास गरेर पहिलो नियुक्ति नै स्थानीय तहमा लिएका २० जना शाखा अधिकृत फिर्ता पठाइएका छन्।

स्थानीय तहहरुले नयाँ नियुक्त भएका शाखा अधिकृतसँग ज्ञान नै नभएको भन्दै जिम्मेवारी दिन नमानेपछि अधिकृत फिर्ता भएका हुन्।

यसरी फिर्ता हुनेमा १२ जना महिला अधिकृत र ८ जना पुरुष अधिकृत छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाए पनि तीँ अधिकृत मन्त्रालयमै फिर्ता भएका हुन्।

यद्यपि लोकसेवा पासे गरपछि तीँ शाखा अधिकृतहरुलाई मन्त्रालयले स्थानीय तहसम्बन्धी तालिम तथा प्रशिक्षण दिलाएरै स्थानीय तहमा पठाएको थियो।

मन्त्रालयले स्थानीय तहबाट फिर्ता भएका अधिकृतहरुलाई विभिन्न जिल्ला समन्वय समितितिर काम दिएको छ।

गत महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११४ शाखा अधिकृतको पदस्थापन तथा सरुवा गरेको थियो।

सरुवा तथा पदस्थापनका क्रममा ४५ जना गृहमन्त्रालय अन्तर्गत खटाइएका थिए।

अन्य ७० नयाँ शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा विभिन्न स्थानीय तहमा खटाइएको थियो।

तीमध्ये कतिपयलाई स्थानीय तहले हाजिर हुन नदिएपछि फिर्ता भएका हुन्।

शाखा अधिकृत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह