Logo
३ भदौ २०८२, मंगलबार

अमेरिकाको टेक्सास गोलीकाण्डमा तीन नेपालीभाषीको मृत्यु

अक्षरपाटी
२०८२ साउन २७ , मंगलबार ०१:०८ मा प्रकाशित

एजेन्सी। अमेरिकामा हरेक दिनजसो गोलीकाण्डका घटनाहरु हुने गरेका छन्।

शनिबार भएको गोलीकाण्डमा तीन नेपालीभाषी भुटानी शरणार्थीको मृत्यु भएको छ।

एक नाबालकसहित तीन जनाको मृत्यु भएको सीबीएस न्युजले जनाएको छ।

अमेरिकाको टेक्सासको डल्लासस्थित एक अपार्टमेन्टमा भएको गोलीकाण्डमा ज्यान गुमाउनेमा ५३ वर्षिय ललित प्रधान, ३५ वर्षीया रञ्जना श्रेष्ठ र उनीहरुका ३ वर्षे छोरा प्रनिश रहेको समाचारमा उल्लेख छ।

आमाछोराको घटनास्थलमै र गम्भीर घाइते भएका ललितको भने उपचारका क्रममा मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन्।

मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट करिब डेढ दशकअघि पुनर्वासमा अमेरिका आएका ललितकी श्रीमती रञ्जनाको माइत काठमाडौंमा भएको बताइएको छ।

अमेरिका गोलीकाण्ड नेपालीभाषी भुटानी शरणार्थी