काठमाडाैं । सहरी क्षेत्र डिजिटल भुक्तानीमा अभ्यस्त हुँदै गएको छ । साग बेच्ने पसलेदेखि सुन बेच्नेसम्मले डिजिटल भुक्तानी लिन थालेकाे पाइन्छ।
यसलाई अझै प्रवर्द्धन गर्न एनआईसी एशिया बैंकले अनेक अफर सार्वजनिक गर्दै लगेको छ।
अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्ससँग आफ्ना ग्राहककाे उपचारमा छुट सम्झाैता होस कि विभिन्न रेष्टुराँहरु वा मिठाइ पसलसँगकाे सम्झाैता- बैंकले डिजिटल भुक्तानीलाई प्राथमिकतामा राखेकाे छ।
हालै बैंकले काठमाडाैंको डिल्लिबजारमा रहेको द फ्रेन्ड क्याफेसँग पनि आफ्ना ग्राहकले एनआईसी एशियाको माेबैंकमार्फत भुक्तानी गरेमा ५ प्रतिशत छुट पाउने सम्झाैता गरेको छ।
त्यस्तै बैंकले कागेश्वरी मनाेहराकाे मुलपानीमा रहेकाे भाञ्जाको खुवा पसलमा पनि माेबैंकमार्फत भुक्तानी गरे एनआईसी एशिया बैंकका ग्राहकले ५ प्रतिशत छुट पाउने सम्झाैता गरेको बैंकले जनाएको छ।
डिजिटल भुक्तानीलाई बढावा दिन र नगदरहित कारोबारमा सहयोग पुर्याउन बैंकले
एनआईसी एशियाको माेबैंकबाट फाेनपे डाइरेक्ट प्रयाेग गरे एक हजार क्यासब्याक जित्ने अफर पनि ल्याएको छ।
यसअघि बैंकले आफ्ना ग्राहकलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न गरिसकेको छ।
समझदारीले बैंकका ग्राहकले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
माेबैंकबाट फाेन पे डाइरेक्ट प्रयोग गरेर हजारभन्दा बढी ट्रान्सफर गरे २२८ जना भाग्यशाली विजेतालाई बैंकले हजार क्यासब्याक लक्की ड्र मार्फत जित्ने अफर ल्याएको हो । याे अफर साउन ३१ अर्थात भोली शनिबारसम्म मात्रै रहेकाे बैंकले जनाएको छ।
एनआईसी एशिया बैंक डिजिटल भुक्तानी