Logo
३ भदौ २०८२, मंगलबार

नाडा अटाे शाेकाे मुख्य आकर्षण उड्ने ट्याक्सी

अक्षरपाटी
२०८२ भदौ ३ , मंगलबार ०३:०८ मा प्रकाशित

काठमाडौं । आजदेखि सुरु भएको नाडा अटो शोमा उड्ने ट्याक्सी मुख्य आकर्षणजस्तै भएको छ।

नेपालमै पहिलो पट्क ‘फ्लाइङ ट्याक्सी’को अनावरण भएको हो। आजबाट काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको १७ औं नाडा अटो शोमा प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइङ ट्याक्सीको अनावरण गरेका हुन् ।

फ्लाइङ ट्याक्सी अनावरणमा अवालोकनकर्ताहरुको सबैभन्दा ठूलो भिड लागेको थियो।

नेपालमा पहिलो पटक भविष्यको प्रविधि मानिएको डिपल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स भित्रिएको हो ।

नेपालमा फ्लाइङ ट्याक्सी सञ्चालनका लागि आवश्यक मापदण्ड नबनेकाले नाडाले अहिले यसलाई प्रदर्शनीका लागि मात्रै अटो शोमा राखिएको जनाएको छ।

नाडाका अनुसार भविष्यमा यस सम्बन्धी मापदण्ड बनेमा मात्रै नेपालमा यो फ्लाइङ ट्याक्सी आधिकारीक रुपमा सञ्चालन गर्न सकिने बताइएको छ।

चीनको अग्रणी प्रविधि कम्पनी एक्सपेइएनजी एईरओएचटीले विकास गरेको ‘इभीटोल फ्लाइङ कार’को अन्तर्राष्ट्रिय बजार मूल्य करिब १० लाख चिनियाँ युआन (करिब १ लाख ३७ हजार अमेरिकी डलर) अर्थात् नेपाली करिब १ करोड ८० लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ।

उड्ने ट्याक्सी नाडा अटाे शो