Logo
२८ असोज २०८२, मंगलबार

कोशी, गण्डकी र मधेश प्रदेशमा वर्षाको सम्भवाना

अक्षरपाटी
२०८२ भदौ ४ , बुधबार ०८:०८ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुन केही कमजोर रहेको छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेका कारण यसो हुन गएको विभागले जनाएको छ।

यसले गर्दा धेरै स्थानमा वर्षाको सम्भावना कम छ तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी रहेको छ ।

विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र तराई भू–भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ विभागले जनाएको छ।

विभागका अनुसार आज राती मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका तराई र पहाडी भू–भागमा थोरै र बाँकी भू–भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा भारी बर्षाको सम्भावना छ।

माैषम वर्षा