Logo
६ भदौ २०८२, शुक्रबार

एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशत छुट

अक्षरपाटी
२०८२ भदौ ६ , शुक्रबार ०९:०८ मा प्रकाशित

काठमाडौं । कैलाली हस्पिटल प्रालिले एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट दिने भएको छ ।

एनआईसी एशिया बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल प्रालि र बैंकबीच सम्झौता सम्पन्न भएको छ।

यस समझदारीसँगै यस बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताअनुसार ओपिडी, इमर्जेन्सी सोव, अस्पतालमा भर्ना हुनुपरेमा जनरल बेड, क्याबिन, आईसियु बेड, जनरल सर्जरीलगायत विभिन्न जाँचमा २० प्रतिशतसम्म छुट पाउने छन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले बताए ।

एनआईसी एशिया बैंक कैलाली हस्पिटल