Logo
२४ भदौ २०८२, मंगलबार

धनगढीमा कर्फ्यु तोड्दै प्रदर्शन, पार्टी कार्यालय र सरकारी भवनमा आगजनी

अक्षरपाटी
२०८२ भदौ २४ , मंगलबार ०१:०९ मा प्रकाशित

धनगढी । कैलालीको धनगढीमा जारी जेन–जी आन्दोलन कर्फ्यु आदेशको अवज्ञा गर्दै झन् उग्र बनेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले दिउँसो १२:२० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरेका थिए ।

तर कर्फ्यु तोड्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले विभिन्न सरकारी तथा पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । उनीहरूले धनगढी उपमहानगरपालिका–१ मा रहेको नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

यस्तै, धनगढी–४ स्थित कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा समेत आगजनी गरिएको छ । साथै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा पार्किङमा रहेका सरकारी सवारीसाधन तोडफोड गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले शान्ति–सुरक्षाका लागि कर्फ्यु आदेश जारी गरे पनि जेन–जी आन्दोलनकारीले आन्दोलनलाई जारी राखेका छन् ।

धनगढीमा कर्फ्यु