Logo
१२ असार २०८३, शुक्रबार

जेनजीसहितको अनिवार्य सहभागीतामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री : रास्वपा

अक्षरपाटी
२०८२ भदौ २६ , बिहीबार ०८:०९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजीसहितको सहभागीतामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री चयनमा आफ्नो पूर्ण समर्थन जनाएको छ ।

बिहीबार बसेको पार्टीको भर्चुअल केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

ती उम्मेदवारले वृहत् राजनीतिक अनुमोदन प्राप्त गर्ने शुभेच्छा पनि रास्वपाले राखेको छ। उसले संविधानकै मर्मअनुसार अगाडि बढ्न पनि सुझाव दिएको छ।

राप्रपाका कार्यबाहक सभापति डोरप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ८३ अन्तर्गत संघीय व्यवस्थापिका दुई सदनात्मक हुने तथ्यको स्मरण गर्दै रास्वपाले राष्ट्रिय सभाको कायम राखी अन्तरिम सरकारले प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा मतादेशमा जान पनि सुझाव दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी