Logo
२७ भदौ २०८२, शुक्रबार

राष्ट्रपति र कार्की बीच शीतल निवासमा सघन छलफल

अक्षरपाटी
२०८२ भदौ २७ , शुक्रबार ०३:०९ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच अहिले पनि छलफल चलिरहेको छ ।

अन्तरिम सरकारको प्रधानमन्त्रीमा कार्कीलाई नियुक्त गर्ने विषयमा शीतल निवासमा राष्ट्रपति पौडेलले छलफल गरिरहेका हुन् ।

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने विषयमा सहमति भइसके पनि संसद विघटनबारे कुरा नमिलेकोले छलफल जारी रहेको बुझिएको छ।