Logo
२८ भदौ २०८२, शनिबार

जेन-जी आन्दोलनमा ज्यान गुमाएका आन्दाेलनकारी र प्रहरीको अन्तिम विदाइ

अक्षरपाटी
२०८२ भदौ २७ , शुक्रबार ०४:०९ मा प्रकाशित

काठमाडौं। भदौ २३ र २४ मा भएको जेनजी पुस्ताको आन्दोलका क्रममा ज्यान गुमाउनेहरुको आज अन्यष्टि गरिएको छ।

प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

प्रदर्शनका क्रममा ज्यान गुमाएका तीन जना प्रहरीको पनि अन्त्येष्टि भएको छ।

२४ गतेको घटनालाई नियन्त्रण गर्ने प्रयास गर्दा काठमाडौंमा तीन प्रहरीको मृत्यु भएको थियो।

आन्दोलनकारी युवाहरुको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन्।

भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुने युवाहरूको संख्या ५१ पुगेको छ। अन्तिम बिदाइको अभिभावक, परिवारका सदस्य र आफन्त भावविह्वल बनेका थिए।

दुई दिने आन्दोलनका क्रममा तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

अन्तिम विदाइ जेन-जी आन्दाेलन