Logo
३१ भदौ २०८२, मंगलबार

बीपी राजमार्ग असोज १ देखि २४ घण्टा सञ्चालन हुने

अक्षरपाटी
२०८२ भदौ ३१ , मंगलबार ०८:०९ मा प्रकाशित

काठमाडौं । मनसुन सुरु भएसँगै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको बीपी राजमार्ग असोजबाट खुल्ने भएको छ।

असोज १ देखि २४ सै घण्टा सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

सोमबारको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहेको र दसैँ, तिहारलगायतका चाडवाडलाई लक्षित गरेर २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो।

बीपी राजमार्ग