Logo
१८ कात्तिक २०८२, सोमबार

स्वचालित भए पनि यसपटक बढाइएन पेट्रोलियमको मूल्य

अक्षरपाटी
२०८२ भदौ ३१ , मंगलबार ०८:०९ मा प्रकाशित

काठमाडौं। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले मूल्य यथावत राखेको छ।

आईओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेल तथा मट्टितेलको मूल्य २ रुपैयाँ ४६ पैसाले बढेर आएकाे छ।

निगमले भने चाडपर्व नजिकिएका कारण यसपटक मूल्यलाई यथावत राखेको भनेको छ।

निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य निर्धारण गर्दै आएको छ। चाडपर्वको समयमा मूल्य स्थिरता कायम गर्न तथा आपूर्ति सहज बनाउन यस्तो निर्णय गरिएको दाबी निगमको छ।

नेपाल आयल निगम पेट्रोलियम