Logo
२३ कात्तिक २०८२, आईतबार

विश्वराजलाई हटाएर रमेशलाई बनाइयो काठमाडौंको एसएसपी

अक्षरपाटी
२०८२ असोज २ , बिहीबार ०८:०९ मा प्रकाशित

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मेवारी सम्हाल्दै आएका एसएसपी विश्वराज अधिकारी हटाइएका छन्।

गृहमन्त्रालयले एसएसपी अधिकारीलाई हटाएर उनको स्थानमा प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत एसएसपी रमेश थापालाई पठाएको हो।

२३ भदौमा भएको जेनजी आन्दोलनमा प्रहरीले व्यापक बल प्रयोग गरेपछि आन्दोलन थप उग्र बनेको थियो। त्यसको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीले संसद भवन, सिंह दरबार, सर्वोच्च अदालतलगायतका देशभरका आगजनी र तोडफोड गरेका थिए।

भदाै २४ काे आन्दाेलनमा प्रहरीले आन्दाेलनलाई नियन्त्रणमा लिन सकेन। कैयाैँ स्थानमा प्रहरी बर्दी खाेलेर भागेका थिए भने कैयाैँ प्रहरी समेत आन्दाेलनकारीकाे निशाना बनेका थिए।