Logo
३ असोज २०८२, शुक्रबार

आज संविधान दिवस, शंकटकाबीच देशभर मनाइँदै

अक्षरपाटी
२०८२ असोज ३ , शुक्रबार १०:०९ मा प्रकाशित

काठमाडौं । जेनजी आन्दोलनपछि देश शंकटको अवस्थामा छ। सत्ता र राजनीतिक दलहरुको अकर्मन्यताले निम्त्याएको असन्तुष्टि र त्यसमा भएको घुसपैठले देशका प्रमुख संरचना ध्वस्त छन्।

यसैबीच आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो।

मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो।

२०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा। रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।

यसैदिन राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना भएको छ ।

समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गरेकी छन्।

संविधान दिवस