Logo
२७ असोज २०८२, सोमबार

रास्वपालाई ३ महिनामा घर खाली गर्न घरबेटीको उर्दी

अक्षरपाटी
२०८२ असोज १० , शुक्रबार ११:०९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले आग्रह गरेका छन् । रास्वपालाई बनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका हुन् ।

लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई उर्दी दिएका छन् । मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो । स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो ।

रास्वपा