Logo
२७ असोज २०८२, सोमबार

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझाको विजयी, ६१ मतले रुपेश स्वाँर पराजित

अक्षरपाटी
२०८२ असोज २६ , आईतबार ०४:१० मा प्रकाशित

धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा पुष्करराज ओझा विजयी भएका छन्। ओझाले प्रतिस्पर्धी रुपेश स्वाँरलाई ६१ मतले पराजित गर्दै संघको अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्ष ओझाले ९५० मत प्राप्त गर्दा स्वाँरले ८८९ मत पाए। ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक महासचिव विजयी भएका छन् भने स्वाँर नेतृत्वको प्यानलबाट दुई उपाध्यक्ष, एक सचिव र कोषाध्यक्ष निर्वाचित भएका छन्।

वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी विजयी भएका छन्। उनले ओझा प्यानलका ओम बिष्टलाई पराजित गरे।
उद्योग उपाध्यक्षमा पनि स्वाँर प्यानलकै लक्ष्मणराज पन्त विजयी भए।
त्यस्तै, एसोसियट उपाध्यक्षमा मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी र वस्तुगत उपाध्यक्षमा भीमराज ओझा (अब्बु) विजयी भएका छन् । यी सबै ओझा प्यानलका हुन्।

संघको महासचिवमा दिनेश लम्साल (ओझा प्यानल) विजयी भएका छन् भने कोषाध्यक्ष तिलकबहादुर बोहरा र सचिव प्रकाशकुमार चन्द (दुवै स्वाँर प्यानल) निर्वाचित भएका छन्।

सदस्यतर्फ शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, धुव्रराज दाहाल, तर्कराज भट्ट, सुरेश सापकोटा, मन्जु भट्ट, बमबहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमिला पाठक विजयी भएका छन्।

शनिबार सम्पन्न निर्वाचनमा कुल २,३३५ मतदाता मध्ये १,९४० मत खसेका थिए। नौ पदाधिकारी र १३ सदस्य गरी २२ पदका लागि ५० उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।

कैलाली उद्योग वाणिज्य संघ