काठमाडौं। जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले काठमाडौंका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा आउँदो दुई महिनासम्म भेला, जुलुस, नारावाजी, धर्ना गर्न पाइने छैन।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार जारी गरेको आदेश अनुसार पाँच क्षेत्रलाई निषेध गरिएको छ।
यसरी निषेधित क्षेत्रमा शीतल निवास क्षेत्र, उपराष्ट्पपत कार्यालय हरित गृह रहेको लैनचौर क्षेत्र, नारायणहिटी दरबार संग्रहालय क्षेत्र, सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र छन्।
जेनजी आन्दोलनपछिको वर्तमान अवस्थामा विभिन्न तत्व, समूह, दल र गलत नियत भएका व्यक्तिहरु गलत फाइदा उठाउनसक्ने अनुमानसहित यी क्षेत्रलाई निषेधित क्षेत्रका रुपमा पहिचान गरिएको हो।
प्रशासनले विरोध आयोजना गर्न उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम हुलदङ्गा वा अशान्ति हुनसक्ने भएकाले निषेध गरिएको आदेशमा उल्लेख छ ।
अदालतबाट आएको आदेशलाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम राष्ट्रपति कार्यालय शीतल निवासलगायतका क्षेत्रहरुमा आजदेखि लागु हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो ।
निषेधित क्षेत्र