Logo
५ कात्तिक २०८२, मंगलबार

पवित्र र महत्त्वपूर्ण प्राणी गाई पूजा आज

अक्षरपाटी
२०८२ कात्तिक ५ , मंगलबार ११:१० मा प्रकाशित

काठमाडौं। नेपालीहरूको महान चाड तिहारको चौथो दिन आज गाई पूजा।

गाई पाल्नेहरूले घरघरमा र नहुनेहरुले गौशालामा गएर गाईको पूजाआजा गरेका छन्।

यमपञ्चक अर्थात तिहारको चौथो दिन गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाउने परम्परा छ।

गौशालामा रहेको नन्दी सेवास्थलमा पनि गाई पूजा गर्नेको भीड छ। आजको दिन गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो।

आजका दिन नेपालीहरूको घर, गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।

गाई हिन्दू धर्मावलम्वीहरूका लागि पवित्र र महत्त्वपूर्ण प्राणी हो।

गाई पूजा
यो पनि हेर्नुहोस् : तिहारको चौथो दिन, आज गाई पूजा