o शंकर खैराली
काठमाडौं। कुनै पनि शुभमुहुर्त, शुभकार्य वा शुभसाइतमा बत्ति बालिन्छ, निभाइँदैन।
तर ‘ह्याप्पि बर्थ डे’ मनाउँदा शुभजन्मदिनका अवसरमा केकभरी बत्ति बालेर निभाइन्छ- कुनै धर्मशास्त्रविद्ले यो चलनप्रति खरो टिप्पणी गरेको पाइँदैन।
विवाहित नेपाली हिन्दू नारीको शास्त्रीय र परम्परागत पहिरन रातो चुरा, रातो टिका, रातो चोली, रातै गुन्यू हो- साउनमा हरियो चुरा, हरियो धोती, हरियै कुर्ता करी भित्रियो ? कुनै धर्मशास्त्रविद्ले खोजी गरेको गहन पाठ भेटिँदैन।
अहिले तिहारको टीका कस्तो ? भन्नेबारे पनि बहस र विवादको चुरो झिकिएको पाइन्छ।
कुनै पनि लोकोक्ति, गोकगाथा, गोकगीत, भजन, बीरगाथा तत्कालीन समयमा चेलभोगेको चनल, देखे, गरेको प्रचलन अनुसार बनाइन्छन्। त्यसैले भाइतिहारको टीकालाई लिएर दिनेश अधिकारीले लेखिदिए, हेमलताले गाइदिइन्- ‘निधारमा लर्काएर सप्तरंगी टीका…’।
आज टीका सप्तरंगी होइन पाँचरंगी लगाउनुपर्छ भन्ने बेढंगी मत एकथरी स्वनामधन्य विद्वानहरु बहस चलाउँदैछन्।
नेपाली शास्त्रीय मान्यताअनुसार प्रचलनमा रहेका हरेक सँस्कार, सँस्कृति र पूर्वपरम्परामाथि बेलाबेला बहस सिर्जना गरिँदै आएको छ।
मान्छेको मृत्युपछि गरिने १३ दिने क्रियामाथि पनि बहस र विवाद सिर्जना गरिएकै हो। १३ दिनको कर्म ३ वा ५ दिनमै पनि सकिन्छ भन्ने स्वनामधन्य विद्वानहरु प्रकट भए।
दुई दिने परम्पराको विवाहलाई माओवादी युद्धको ‘आततायी अवस्था’ले एक दिने अझ केही घन्टामै पन्छाएर दुलही भित्र्याउने चलन चलाइदियो।
यतिबेला आधिकारिक निकायमै बसेका स्वनामधन्य विद्वानहरु शास्त्रको अधुरो पाठ वाचन गरेर परम्परा, सँस्कार र सँस्कृतिलाई नै तोडमतोड गर्ने वहस सिर्जना गरिरहेका छन्।
सिंगो नेपाली समाजले आज पनि सप्तरंगी टीका लगाइरहेकैबेला भाइतिहारमा लगाइने टीका ‘पाँच रंगी हुनुपर्छ’ भन्ने मत केही स्वनामधन्य विद्वानहरुको छ। तर यो मतलाई संस्कृतिविदहरु भने सुन्न पनि तयार छैनन्। मान्दै मान्दैनन्।
सिंगो नेपाली समाजले आज पनि सप्तरंगी टीका लगाइरहेकैबेला भाइतिहारमा लगाइने टीका ‘पाँच रंगी हुनुपर्छ’ भन्ने मत केही स्वनामधन्य विद्वानहरुको छ।
तर यो मतलाई संस्कृतिविदहरु भने सुन्न पनि तयार छैनन्। मान्दै मान्दैनन्। उनीहरुको मत छ- तिहारमा सात प्रकारका अर्थात सप्तरंगी टीका नै दाजुभाइलाई लगाउनुपर्छ।
सनातन सँस्कार र सँस्कृतिका पक्षधरहरुको मत छ- हाम्रा सारा पर्वहरु चन्द्र र सूर्यसँग सम्बन्धित छन्। सूर्यको किरणमा सात रंग भएजस्तै तिहारको टीका पनि सप्तरंगी हुनुपर्छ।
सात रंगमध्ये सेतो रंग शान्तिको, निलो आरोग्यको, कालो फौज वा विरोधको, पहेँलो अध्यात्मको, हरियो विकासको, बैजनी स्वतन्त्रता र रातो साहसको प्रतीक हो।
त्यसैले यीँ प्रतिकात्मक सातै रंग दाजुभाइको निधारमा लगाउनुपर्ने सँस्कृतिविदहरुको मत छ।
सँस्कृति मात्र होइन नेपाली भाषाको हिज्जे र वाक्य नै खलबल्याउने बहस समेत एकथरी स्वनामधन्य विद्वानहरुले चलाएकै हुन्।
सँस्कृति मात्र होइन नेपाली भाषाको हिज्जे र वाक्य नै खलबल्याउने बहस समेत एकथरी स्वनामधन्य विद्वानहरुले चलाएकै हुन्।
आज कुन सुद्ध र कुन असुद्ध खुट्याउन नयाँ पुस्तालाई असमन्जस सिर्जना उनीहरुले नै गरिदिएका छन्।
नेपाली मौलिकता मासिनेगरी सवारी साधनका नम्बर प्लेट समेत ग्रैहनेपाली भाषामा लेखाउने र टाँस्ने अभियान सरकारी तवरबाटै निर्णय भएर सुरु भयाे।
त्यसैले कैयौँ बहसहरु स्वघोषित विद्वान बन्न त गरिएका होलान तर यसले हाम्रो मौलिक सँस्कृति, परम्परा, सँस्कार र भाषामाथि नै असमन्जस सिर्जना गरिरहेको बुझ्नुपर्छ। त्यसैले तिहारको टीकामाथिको टिप्पणी यसैको श्रृंखला होइन भन्न सकिन्न।
भाइतिहार सप्तरंगी टीका