Logo
१३ कात्तिक २०८२, बुधबार

मौसम : देशभर बदली, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अक्षरपाटी
२०८२ कात्तिक १३ , बुधबार १०:१० मा प्रकाशित

काठमाडौँ। मंगलबारजस्तै आज बुधबार पनि बिहानैदेखि देशभरको मौसम साधारणतया बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल देशमा पश्चिमी वायुसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ।

विभागले दिएको जानकारीअनुसार आज दिनभर कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा, साथै बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। त्यसैगरी, आज राति देशभर मौसम साधारणतया बदली रहने र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। बाँकी प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्छ।

मौसममा आएको यो प्रतिकूलताले गर्दा हवाई उडानमा समस्या देखिएको छ भने दैनिक जनजीवन पनि कष्टकर बनेको छ। बिहानैदेखि काठमाडौं उपत्यकाको मौसम धुमल्लिएको छ र जताततै बाक्लो तुवाँलो लागेको छ। विभागको भनाइअनुसार आगामी शनिवारसम्म मौसममा खासै सुधार नआउने र प्रतिकूल अवस्था कायम रहनेछ।

ट्रेन्डिङ ( साप्ताहिक )