काठमाडौं । प्रतिनिधि सभा विघटन विरूद्धको रिटको सुनुवाइका लागि संवैधानिक इजलास गठन भएको छ।
सर्वोच्च अदालतले बुधबारदेखि ती रिटमा सुनुवाइ सुरू गर्न लागेको हो। त्यसका लागि पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको हो।
संवैधानिक इजलासमा रोल क्रमअनुसार न्यायाधीश राखिएको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्धरान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहने गरी संवैधानिक इजलास गठन भएको हो।
प्रतिनिधि सभा विघटनविरूद्ध १६ वटा रिट परेका छन्।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि सुशीला कार्की नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो।
सोही दिन प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए।




