Logo
२१ कात्तिक २०८२, शुक्रबार

रास्वपामा अर्यालको राजनीतिक प्रतिवेदनः चर्चित व्यक्ति भित्र्याउने वाहानामा मूल नेतृत्व आयात गर्न सकिन्न

अक्षरपाटी
२०८२ कात्तिक २१ , शुक्रबार ०३:११ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले चर्चित व्यक्ति भित्र्याउने वाहानामा मूल नेतृत्व नै आयात गर्न नसकिने जनाएको छ।

चितवनको सौराहामा शुक्रबारदेखि सुरु भएको पार्टीको विस्तारित बैठकमा कार्यवहाक सभापति डिपी अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको पुनर्गठन गर्ने वाहानामा मूल नेतृत्व नै आयात गर्ने कुरा स्वीकार्य नहुने उल्लेख छ।

‘पार्टी ‘रिफर्म’ गर्नुपर्छ र पार्टीमा चर्चित व्यक्तिरव्यक्तित्वलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने जायज कुरामा शतप्रतिशत सहमत हुँदा-हुँदै पनि ‘रिफर्म’ वा ‘स्वागत’ को बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन।’

पार्टीको पुनर्गठनबारे पार्टीका सबै संरचनामा गम्भीर र सार्थक बहस चलाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।