
ऐजेन्सी । मंगलबार बिहानैदेखि भारतीय चर्चित अभिनेता धर्मेन्द्रको निधनको खबर समाजिक सञ्जाल, भारतीय मिडिया हुँदै नेपाली मिडियासम्म फैलियो।
तर यो खबर सत्य नभै हल्ला मात्रै भएको धर्मेन्द्रको पारीवारिक स्रोतले जनाएको छ।
बलिउडमा ही-म्यान भनेर चिनिने ८९ वर्षीय धर्मेन्द्रकाे स्वासप्रस्वासमा समस्या देखिएपछि सोमबार साँझ अस्पताल भर्ना भएका थिए।
उनकाे मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचार भइरहेको र उनी स्वास्थ्य लाभ गरिरहेको उनकी छोरी ईशा देओल र पत्नी हेमा मालिनीले पुष्टि गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्।
बुबा अस्वस्थ भएर अस्पताल भर्ना भएपछि उनका छोरा अभिनेता बबी देओल गए राति अस्पताल पुगेका थिए।
गएराति नै धर्मेन्द्रका जेठा छोरा सनी देओल अस्पतालमा थिए।
धर्मेन्द्रको निधनको अफवाहले उनका शुभचिन्तक र बलिउड स्तब्ध बनेको थियो। तर यो सबै खबर झुटो भएको उनको परिवारले पुष्टि गरेपछि अहिले बलिउडका सेलिब्रेटी उनको स्वास्थ्य लाभका लागि अस्पताल पुगिरहेको र शुभचिन्तकहरुले स्वास्थ्य लाभको कामना गरिरको समाचारमा उल्लेख छ।
अहिले पनि धर्मेन्द्रकाे ब्रीच क्याण्डी अस्पचालमा उपचार भइरहेको बताइएको छ। उनलाई भेट्न बलिउड स्टार सलमान खान, गाेविन्दा, साहरुख खानलगायत अस्पताल पगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।





