
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी एक हुने भएका छन्।
दुई पार्टी एकीकरणको घोषणा आइतबार एक सभामार्फत हुने भएको छ।
राष्ट्रिय सभा गृहमा दुई पार्टीको एकीकरण घोषणा सभा हुने विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले जनाएका छन्।
संवाद समितिका संयोजक समेत रहेका परियारले ुवृहत्तर धु्रवीकरणरएकीकरण प्रस्तावु लाई सर्वसम्मत रुपमा अनुमोदन गरेर रास्वपासँग एकीकरण गर्ने निर्णय पारित भएको जनाएका छन्।
जेनजी आन्दोलनपछिको बदलिँदो राजनीति परिस्थितिले विवेकशील साझा र रास्वपा पार्टीबीचको एकीकरण तिब्रत्तर बनाएको जनाउँदै एकतापछि पहिलो शक्ति भएर नेपाली जनताको संवृद्धि, विकास र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिवद्धतासहित एकीकरण हुन लागेको उपाध्यक्ष परियारको भनाइ छ।
वैकल्पिक राजनीतिका प्रणेता पार्टीका संस्थापक स्व. उज्वल थापाको योगदान र ुविवेकशील आन्दोलनुलाई लिपीवद्ध गर्ने र प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुई दलबीच एकीकरण भएको विवेकशील साझा पार्टीका प्रवक्ता आशुतोष प्रधानले जनाएका छन्।




