Logo
१५ मंसीर २०८२, सोमबार

कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु, महाधिवेशनको कार्यतालिका ल्याइने

अक्षरपाटी
२०८२ मंसीर १५ , सोमबार ०३:१२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो । आजको बैठकले पार्टीको १५ औँ महाधिवेशनबारे विशेष निर्णय लिने बताइएको छ ।

महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्ने विषयमा मतऐक्यता नहुँदा केन्द्रीय समिति बैठक लम्बेतान भएको थियो । पटक–पटक सर्दै आएको बैठक पुसमा महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने सहमति जुटेसँगै आज बसेको हो । यसमा संस्थापन समूहकै केही नेताहरू भने सहमत हुन सकेका छैनन् ।

२८ असोजमा सुरु भएको बैठकमा आज पुस मसान्तमा महाधिवेशन गर्ने कार्यतालिका ल्याउने तयारी छ । आइतबार नेताहरू पुस मसान्तमा कार्यतालिका ल्याउनेगरी अनौपचारिक सहमतिमा पुगेका थिए ।

नेपाली कांग्रेस