
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा दुइटा खेल हुँदैछ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ११ बजे पहिलो र साढे ३ बजे दोस्रो खेल हुनेछ।
पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ।
दुवै टिम प्लेअफमा पुगिसकेको छ।
सुदूरपश्चिम १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। विराटनगर ८ अंकका साथ तेस्रो स्थानमा छ। सुदूरपश्चिमले क्वालिफायर खेल्ने पक्का भइसकेको छ।
विराटनगरले आजको खेल ठूलो अन्तरले जितेको अवस्थामा उसले पनि क्वालिफालयर खेल्न सक्ने सम्भावना हुन्छ।
त्यसो नभए उसले लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्नेछ।
इलिमिनेटरमा जित्ने टिमले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफाइर हार्ने टोलीसँग फाइनलका लागि भिड्नेछ।
दोस्रो खेलमा भिड्न लागेका चितवन राइनोज् र पोखरा एभेन्जर्सले प्लेअफ सम्भावना गुमाइसकेका छन्।
दुवैले प्रतियोगितामा अन्तिम खेल खेल्न लागेका छन्। २-२ खेल जितेर पोखरा र चितवन क्रमशः पाँचौं र छैटौं स्थानमा छ।
एनपिएल


