
काठमाडौं। जेन–जी आन्दोलनका उपलब्धिलाई रक्षा गर्ने विषयमा कुरा मिलेपछि सरकार र जेन–जी प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर हुने भएको छ।
भदौ २३ र २४ गते जेन–जीको नेतृत्वमा भएको आन्दोलनका सम्बन्धमा जेन–जी प्रतिनिधि र सरकारबीच सम्झौतामा हस्ताक्षर हुन लागेको हो।
जेनजी प्रतिनिधिहरुका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुईपक्षबीच सम्झौता हुन लागेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएकाे छ।
केहीदिन अघि प्रधानमन्त्री सुशीला कार्कीले सम्झौताका लागि केही समय मागेकी थिइन्।
आज हुने सम्झौतामा आन्दोलनमा उठेका सबै सवालहरु समेट्ने प्रयास गरेको जेनजी अगुवाले बताएका छन्।



