Logo
२९ मंसीर २०८२, सोमबार

एनपीएल : दोस्रो श्रृङ्खलामा पनि सुदूरपश्चिम उपविजेता, लुम्बिनीले मार्याे बाजी

अक्षरपाटी
२०८२ मंसीर २७ , शनिबार ०७:१२ मा प्रकाशित

काठमाडौं। एनपीएल सिजन २ मा लुम्बिनी नयाँ च्याम्पियन बनेको छ।

साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई हराउँदै सिद्धार्थ बैंक प्रिमियर लिगको उपाधि लुम्बिनीले आफ्नो पोल्टोमा पारेको हो।

सुदूरपश्चिम रोएल्स भने दुबै सिजनमा उपविजेतामै समेटिएन वाध्य भएको छ।

फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट मात्र गुमाउँदै पूरा गरेर च्याम्पियन बनेको हो ।

कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो।

लुम्बिनीले च्याम्पियन बन्ने क्रममा पछिल्लो ६ खेलमा लगातार जित हात पारेको छ।

पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि लगातार तीन खेलमा पराजित हुँदा कुनै समयमा लिग चरणबाटै बाहिरिने खतरामा पुगेको लुम्बिनीले त्यसयता भने सानदार पुनरागमन मात्रै गरेर एनपीएलकै उपाधि खोसेको छ।

एनपीएल