Logo
२४ कात्तिक २०८३, मंगलबार

सुदूरपश्चिमसँग जनकपुर २७ रनले पराजित

अक्षरपाटी
२०८३ कात्तिक २४ , मंगलबार ०९:११ मा प्रकाशित

काठमाडौं । बलरहरूको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले एनपीएलको लो–स्कोरिङ खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा ९३ रनमै अलआउट भयो।

सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ विकेट लिए भने हमेन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान १ विकेट लिए। जनकपुरका तृतराज दासले सर्वाधिक २१ र जिमी निसमले २० रन बनाए।

त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो। ब्रान्डन म्याकमुलेनले ३३ तथा थरिन्दु रत्नायकेले अविजित २७ रन बनाए। जनकपुरका कप्तान हरमीत सिंहले ४ विकेट लिए।

छ खेलमा चौथो जितसँगै ८ अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा उक्लिएको छ। चार खेलमा हार बेहोरेको जनकपुर ४ अंकसहित पाँचौँ स्थानमा छ।

एनपीएल