
काठमाडौं। जेनजी आन्दोलनपछिको विसम परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी सुशीला कार्कीले हरेक समस्याहरु वार्ता र छलफलबाट समाधान गर्ने उपाय अपनाएकी छन्।
केही समयअघि आन्दोलन घोषणा गरेका नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई वार्तामा बोलाएर आन्दोलन स्थगित गराएको वर्तमान सरकारले पुनः प्रसाईँसँग भेटवार्ता गर्ने भएको छ।
असन्तुष्ट हरेक पक्षलाई वार्ता र संवादमा बोलाउँदै आएकी प्रधानमन्त्री काकीले पुस १५ भित्रै प्रसाईँलाई भेटवार्ताका लागि बोलाउने तय भएको हो।
यसअघि आन्दोलनको तयारीमा रहेका प्रसाईँलाई सरकारले वार्तामा बोलाएर केही बुँदामा सम्झौता गरेपछि आन्दोलन रोकिएको थियो।
उनीसँग वार्ताका लागि सञ्चारमन्त्री जगदिश खरेलको संयोजकत्वमा वार्ता समिति नै बनाइएको थियो। सरकारले प्रसाईँका विभिन्न मागमध्ये पाँचवटा बुँदामा तत्काल सम्बोधन गर्नुपर्ने विषयहरु पनि प्रसाईँलाई वार्ताका लागि पठाइएको पत्रमार्फत जानकारी गराइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
आजै सरकारले विभिन्न दल, सरोकारवाला निकायसँग आसन्न निर्वाचनबारे छलफल र विमर्स गरेको छ।
उपस्थित प्राय पक्षले फागुन २१ को निर्वाचन भयरहीत वातावरणमा सम्पन्न हुनुपर्ने बताएका थिए। सरकारले निर्वाचनको सम्पूर्ण तयारी करिब करिब अन्तिम चरणमा पुगेको जानकारी गराएको छ।
दुर्गा प्रसाईँ सुशीला कार्की


