



काठमाडौं। विभिन्न माग राखेर मंसिर अन्तिममा देशव्यापी आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाईंको समूहलाई सरकारले वार्ताबाटै समस्याको हल निकाल्ने प्रयास जारी राखेको छ।
यसअघि पनि वार्ता गरेको सुशीला कार्की नेतृत्वकाे सरकारले आज पुनः नागरिक बचाउ अभियानका संयोजक प्रसाईंको टोलीसँग सिंहदरबारमा वार्ता गरेको हो।
भेटवार्ताका क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल समेत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रसाईं समूहले राखेका मागबारे थप छलफल गर्नका लागि आज पुनः वार्ता गरिएको हो। प्रसाईँले आफूहरुले राख्दै आएका माग सम्बोधनका लागि ध्यानाकर्षण गराउँदै आएका थिए।
तीन दिन अघि मात्रै प्रधानमन्त्री कार्कीले प्रसाईँलाई बालुवाटारमा बोलाएर बुद्धको तस्विर उपहार दिएर पठाएकी थिइन्। वार्ता सकारात्मक भएको बताइएको छ।
दुर्गा प्रसाईँ सुशीला कार्की



