

काठमाडौं। देशभरमै आज सबैभन्दा चिसो जुम्लामा बढेको छ।
आज जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमल ७ डिग्रीमा झरको छ। काठमाडौंमा पनि आज यो वर्षकै चिसो बढको छ।
जल तथा मौसा विज्ञान विभागका अनुसार आज काडमाडौंको न्यूनतम तापक्र २ दशमलव ४ डिग्रीमा झरेको छ।
पुस लागेसँगै देशैभर चिसो बढ्दो क्रममा छ। आज जोमसोममा माइनस ५ डिग्रीमा झरेको छ।
त्यस्तै जिरीमा माइनस २.१ डिग्री, दिपायलमा १.४ डिग्री, डडेल्धुरामा १.५ डिग्री, वीरेन्द्रनगरमा २.५ डिग्री, लुम्लेमा ३.६ डिग्री र ताप्लेजुङमा ३.९ डिग्री तामक्रम रेकर्ड गरिएको छ।
यही पुस पुस २३, २४ गते काडमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको थियो भने आज २.४ डिग्रीमा झरेको हो।
चिसाे जल तथा मौसा विज्ञान विभाग



