



काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लगि ललितपुरबाट बाजागाजासहित र्याली शुरू भएको छ।
पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा कुपण्डोलबाट बाजाबागासहित र्याली सुरु भएको हो। र्यालीमा साँस्कृतिक झाँकी, बाजा, पोशाकसहित सहभागी छन्। महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने छन्।
महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गरिएको हो। सबै रुटबाट जुलुस निस्कने तयारी गरिएको सचिवालयले जनाएको छ। जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम शुरू हुनेछ। विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ।
उद्घाटन समारोह सकिएपछि आजै बन्दसत्र प्रारम्भ गरिने आयाेजकले जनाएको छ। विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौंको सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ।
केपी शर्मा ओली नेपाली कांग्रेस विशेष महाधिवेशन



