Logo
२४ असार २०८३, बुधबार

सञ्चारमन्त्री खरेलले प्रधानमन्त्रीलाई बुझाए राजीनामा पत्र

अक्षरपाटी
२०८२ माघ ५ , सोमबार ०६:०१ मा प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्।

सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उनले राजीनामा पत्र बुझाएका हुन्।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर–२ मा उम्मेदवार बन्दैछन्।

सञ्चारकर्मीको पृष्ठभूमि भएका खरेल गत असोज ६ गते सञ्चार मन्त्री नियुक्त भएका थिए।