Logo
२३ असार २०८३, मंगलबार

पश्चिम नेपालमा वर्षा र उच्च पहाडी भूभागमा हिमपातको सम्भावना

अक्षरपाटी
२०८२ माघ ९ , शुक्रबार ०७:०१ मा प्रकाशित

काठमाडौं। पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि पश्चिम नेपालका विभिन्न भू–भागमा वर्षाको सम्भावना छ।

आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन्।

सुदूरपश्चिमदेखि गण्डकीसम्म मध्यम वर्षा, बागमती र कोशीका केही स्थानमा हल्का वर्षा हुने प्रक्षेपण मौसमविदहरुको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जनसहित वर्षा तथा असिना पर्ने सम्भावना छ।

यो यस वर्षको पहिलो माघे झरी हुनेछ। यसले बालीनालीलाई भने फाइदा पुग्ने कृषिविज्ञहरू बताउँछन्।

मौसम बदलीसँगै चिसो बढ्ने भएकाले स्वास्थ्य र यात्रामा सावधानी अपनाउन आग्रह गरिएको छ।

माैसम वर्षा हिमपात