Logo
२० माघ २०८२, मंगलबार

एनआईसी एशिया बैंकको ‘गोल्ड लोन’ योजना

अक्षरपाटी
२०८२ माघ १९ , सोमबार १२:०२ मा प्रकाशित

काठमाडौं। बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ अघि बढिरहेको एन आई सी एशिया बैंकले आकर्षक गोल्ड लोन योजना सार्वजनिक गरेको छ ।

१ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर कर्जा प्रवाह गरिने बैंकले जनाएको छ।

समय अनुसारको आवश्यकता र मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहकका लागि प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको जनाएको छ।

यस योजना अन्तर्गत ग्राहकले ५० लाखसम्मको कर्जा रकम प्राप्त गर्नसक्ने छन्। सुनको बार तथा सुनका गरगहना धितो राखेर बजार मूल्यको अधिकतम ७० देखि ८० प्रतिशतसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकका प्रमुख सूचना अधिकारी तथा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलले बताए।

यो कर्जा योजना अन्तर्गत गरगहना खरिद गर्नका लागि पनि कर्जा प्राप्त गर्न सकिने सुविधा बैंकले उपलब्ध गराएको छ। ग्राहकले यो योजना अन्तर्गतको कर्जा तोकिएका विभिन्न शाखाहरुबाट प्राप्त गर्न सक्ने उनले बताए।

एनआईसी एशिया बैंक