Logo
२२ वैशाख २०८३, मंगलबार

जनताले दिएको सुझाव ग्रहण गर्छु : दवाडी

अक्षरपाटी
२०८२ माघ २० , मंगलबार ०५:०२ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाशचन्द्र दवाडीले गोरखाली जनताले दिएको सुझाव र गुनासोको सम्बोधन गर्दै गोरखा–२ को विकास अगाडि बढाउने बताएका छन्।

गोरखा–२ का मतदाता तथा शुभचिन्तकसँग आज भएको छलफलमा उनले आम गोरखाबासीले दिएको सुझाव र गुनासोलाई सम्बोधन गरेर गोरखाको विकासमा लाग्ने बताएका हुन्।

दवाडीले त्यो क्षेत्रको विकासका लागि के–के काम गर्नुपर्छ र एजेण्डामा के कुरा समावेश गर्नुपर्छ भनेर मतदाता तथा शुभचिन्तकसँग राय सुझाव लिएका थिए।

‘कतिपय कुरा मलाई पनि थाहा हुँदैन, अन्तरक्रियाबाट आएका सुझावलाई आधार मानेर अघि बढ्छु, जनताको मन जित्ने गरी काम गर्छु, यसमा कुनै शंका गर्नु पर्दैन,’ उनले भने।

कांग्रेसका उम्मेदवार दवाडीले अन्तरक्रियामा आएका सुझाव, गुनासा र टिप्पणीलाई आफूले टिपोट गरेको बताए। मतदाता तथा शुभचिन्तकले गोरखा पर्यटकको राम्रो सम्भावना भएको ठाउँ भएकाले पर्यटनका एजेण्डालाई जोड दिन पनि सुझाव दिइएका थिए।

त्यस्तै, गोरखामा कृषिको पनि प्रचुर सम्भावना भएकाले कृषिमैत्री योजना अघि सार्न सहभागीहरुले सुझाव दिए।

दवाडीले कृषकले उत्पादन गरेका सामग्री बिक्रीवितरणका लागि सहज वातावरण बनाउने र उचित मूल्य पाउने कुरामा आफू लागिपर्ने बताए।

सहभागीहरुले कतिपय सडक अपूरा भएको, बिजुली सबै ठाउँमा पुग्न नसकेको, पूर्वाधार बन्दै गरे पनि सम्पन्न हुन नसकेको पनि गुनासा गरेका थिए।

नेपाली कांग्रेस प्रकाशचन्द्र दवाडी

ट्रेन्डिङ ( साप्ताहिक )