Logo
१३ असोज २०८३, मंगलबार

पाकिस्तानको राजधानी इस्लामाबाद नजिकै भयानक बिस्फोट, १५ जनाको मृत्यु

अक्षरपाटी
२०८२ माघ २३ , शुक्रबार ०४:०२ मा प्रकाशित

एजेन्सी। पाकिस्तानको राजधानी इस्लामाबाद नजिकै शक्तिशाली बम बिस्फोट हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ।

घटनामा परि कम्तिमा ८० जना घाइते भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्। इस्लामाबादको तरलाई इलाकामा रहेको इमाम बारगाह खदीजन-उल-कुबरामा बिस्फोट भएको हो।

बिस्फोटका कारण भागदौड मच्चिएको थियो। घटनालगत्तै पुगेको सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले बचाव र राहतको कार्यमा जुटेकाे बताइएको छ।

स्थितिलाई हेरेर पुरा शहरमा आपतकाल घोषणा गरिएको छ। शहर सुरक्षाकर्मीको नियन्त्रमा रहेकाे बताइएकाे छ। यो बिस्फोट नमाज पढिरहेका बेला भएको बताइएको छ।

पाकिस्तान बम बिस्फोट