Logo
७ वैशाख २०८३, सोमबार

कांग्रेसको प्रतिज्ञा पत्र आइतबार सार्वजनिक नहुने

अक्षरपाटी
२०८२ फागुन २ , शनिबार ०९:०२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले आमनिर्वाचन २०८२ लक्षित प्रतिज्ञापत्र भोलि सार्वजनिक नगर्ने भएको छ।

आइतबार दिउसो २ बजे सार्वजनिक हुने भनिएको प्रतिज्ञा पत्रको समय स्थगित गर्दै जनकपुरबाट सार्वजनिक हुने भएको हो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बीपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिँदै उक्त कार्यक्रम जनकपुरबाट बुधबार फागुन ६ गते हुने बताए ।

कांग्रेसले ६ गते मधेश प्रदेशको जनकपुरधामबाट चुनावी सभाको शुरूआत गर्दैछ । सोही सभामा प्रतिज्ञापत्र सार्वजनिक गरिने उनले बताए ।

निर्वाचन आयोगले दलहरूलाई फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि घोषणापत्र पेश गर्न आइतबारसम्मको समय दिइसकेको छ ।

कांग्रेस प्रवक्ता चालिसेले निर्वाचन आयोगमा आइतबारै प्रतिज्ञापत्र बुझाइने तर सार्वजनिक कार्यक्रम भने बुधबार हुने बताए ।

नेपाली कांग्रेस

ट्रेन्डिङ ( साप्ताहिक )