



काठमाडाैं। चुनावका बेला विभिन्न पार्टीले घोषणापत्र जारी गर्ने प्रचलन छ। आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दलहरुले घाेषणापत्र जारी गर्ने क्रम सुरु भएको छ।
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि ‘नागरिक करारपत्र’ सार्वजनिक गरेको छ।
आफ्नो पार्टीको प्राथमिकता, अहिलेको अवस्था र लक्ष्यसहितका बुँदा समेटेर करारपत्र सार्वजनिक गरेको हो।
बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको उदार अर्थनीति सुधारिएको प्रदेश संरचना, समावेशीता, सनातन सभ्यताको सम्मान, धार्मिक–सांस्कृतिक विविधताको संरक्षण, सन्तुलित परराष्ट्र सम्बन्ध डायस्पोराको सामर्थ्य र सौम्य शक्तिको विस्तार गरी सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्ने बताउँदै नागरिक करार मन्जुर गर्ने रास्वपाले बताएको छ।
आजै नेपाली कांग्रेसले पनि ‘संकल्पपत्र’का नाममा ल्याउने भनिएको घोषणापत्र भने फागुन ६ गतेका लागि सारिएको छ।
दलीयकरणको अन्त्य, २०४६ देखिकै सम्पत्ति छानबिन गर्न उच्च आयोग गठन गर्ने रास्वपाले करारपत्रमा बताएको छ ।





