Logo
२२ वैशाख २०८३, मंगलबार

चाैधरीका कारण नवलपरासीमा विकासको गति बढेको छ : नगर प्रमुख श्रेष्ठ

अक्षरपाटी
२०८२ फागुन ४ , सोमबार ०१:०२ मा प्रकाशित

बर्दघाट । बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नेपाली कांग्रेसबाट नवलपरासी १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीका कारण पश्चिम नवलपरासीमा विकासको गति बढेको बताएका छन्।

बर्दघाटमा आयोजित एक कार्यक्रममा प्रमु्ख श्रेष्ठले उम्मेदवार चौधरीका कारण नै पश्चिम नवलपरासीमा विकासको गति बढेको भन्दै प्रशंसा गरे।

शम्भुलाल श्रेष्ठ

स्थानीय नेताहरुको अवरोधका कारण पनि निर्वतमान सांसद एवं नवलपरासी क्षेत्र नं १ का कांग्रेस उम्मेदवार चौधरीका कारण बर्दघाट नगरपालिकाको चिसापानीमा ट्रमा सेन्टर निर्माणको क्रममा रहेको उनको भनाइ छ।

संघीय सरकारको करिब १२ करोड लागतको ट्रमा सेन्टर चौधरीका कारण नै निर्माण भैरहेको उनको दाबी छ। उनले काठमाडौँ बाहिर निर्माण हुन लागेको पहिलो ट्रमा सेन्टरको निर्माणले पश्चिम नवलपरासीको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने दाबी गरे।

उनले भने, ‘ट्रमा सेन्टर नगरकाे मात्र नभएर जिल्लाकै गौरवको कुरा हो। यो यहाँ नबनाेस भनेर यहीँ कै नेताहरुले चलखेल भैरहेको बेला पूर्व माननीय विनोद चौधरीले संभव बनाउनुभएको हो।’

यस्तै, प्रमुख श्रेष्ठले खजुरा पुल निर्माण हुन नदिनका लागि ठूलो राजनीतिक चलखेल भए पनि विनोद चौधरीकै कारण ब्यक्तिगत बैंकबाट ऋण पत्याइदिएर ठेकेदारलाई काम गराउन सफल भएको बताए। हाल ढलान प्रक्रियामा रहेको र आगामी निर्वाचनसम्म काम सम्पन्न हुने उनको भनाइ छ।

दुम्किबाससम्म पुर्याउने लक्ष्यका साथ बनिरहेको वैकल्पिक सडकका लागि विनोद चौधरीले १० करोड बजेट ल्याउने विश्वास दिलाएको स्मरण उनले गराए।

उनले आगामी निर्वाचनमा पनि यदि विकास चाहने हो भने चौधरीजस्तो उम्मेदवार विजयी भएर आउनु पर्नेमा जोड दिए।

विनोद चाैधरी

ट्रेन्डिङ ( साप्ताहिक )