Logo
१४ असार २०८३, आईतबार

अघिल्लाे निर्वाचनमा रास्वपाका उम्मेदवार राणा र नेकपाका केन्द्रीय सदस्य केसी कांग्रेसमा प्रवेश

अक्षरपाटी
२०८२ फागुन ८ , शुक्रबार ०९:०२ मा प्रकाशित

काठमाडौं । अघिल्लो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाको तर्फबाट उम्मेदवार बनेका डा. प्रणय समशेर राणा र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

द्वन्द्व व्यवस्थापनमा विद्यावारिधी गरेका राणा रास्वपाको केन्द्रीय गुनासो विभाग प्रमुख पनि थिए।

अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा राणाले काठमाडौँ ५ मा ५ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए।

रास्वपामा टिकट वितरणको पद्धतीमा प्रश्न उठाउँदै आएका राणाले केही दिन अघि पार्टीमा विधि र पद्धती मिचिएको भन्दै रास्वपाबाट राजीनामाको घोषणा गरेका थिए।

उनले रास्वपाले प्राइमरी मतका आधारमा उम्मेदवार चयन गर्ने भनेर शुल्क उठाए पनि पछि त्यसको बर्खिलाप टिकट वितरण गरेको भन्दै निरन्तर विरोध जनाउँदै आएका थिए।

रास्वपाको स्थानीय संगठनमा बलियो पकड बनाएका राणाको रास्वपा परित्याग र कांग्रेस प्रवेशले काठमाडौं ५ को निर्वाचनमा कांग्रेसले आफूलाई लाभ हुने विश्वास गरेको छ।

यसैगरी कामनपा ३ मा बलियो प्रभाव रहेका समाजवादी पार्टीका केन्द्रीय सदस्य केसी विगतमा वडाअध्यक्ष रहिसकेका छन्।

वडामा प्रभावशाली केसीको कांग्रेस प्रवेशले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रदीप पौडेललाई सहज हुने कांग्रेसको विश्वास छ।

दुवै नेतालाई राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापा र महामन्त्री प्रदीप पौडेलले पार्टी प्रवेश गराएका थिए।

निर्वाचन नेपाली कांग्रेस