मनाङ ४ मंसिर। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतदान जारीछ ।
मतदान जारी रहँदा मनाङमा भने दिउँसो मध्यान्नसँम्म करिब ५१ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो साढे १२ बजेसम्म मनाङमा ५१ प्रतिशत मतदान खसेको हो।
कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् ।