Logo
१५ फागुन २०८२, शुक्रबार

चुरेका जनताले भने : ‘आनन्द’ले सानासाना कुरा गरे, हामीलाई भरोसा छ

अक्षरपाटी
२०८२ फागुन ९ , शनिबार ०७:०२ मा प्रकाशित

  • बिष्टले भने- यो उच्च गर्मी हुने कैलालीको शितल भूमि स्वर्ग हो, बुढापाकालाई उपचार, बालबालिकालाई राम्रो शिक्षा, उत्पादनलाई बजार र जनतालाई बाटाे मात्र दिनसके यहाँको कायापलट आफै हुन्छ।
  • मोहन्यालको माटाेमा उभिएर उनले यहाँकाे उत्पादन विदेश निर्यात गर्ने सपना देखाएनन्। यहाँका युवा सबैलाई राेजगार बनाउने आस्वासन बाँडेनन्।

o शंकर खैराली

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी पारो निकै माथि उचालिएको छ। २०६४ सालयताको मात्रै चुनावी परिणामलाई हेर्ने हो भने यहाँको अवस्था रोचक देखिन्छ।

यसपटक पनि यहाँको चुनावी परिणाम रोचक बन्दै गएको प्रतित हुन्छ। चुनावलाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरु टाेलटोल र गाउँगाउँमा पुगेका छन्।

गाउँ पुग्ने बाटोसम्म नभएको विकट गाउँमा पुगेर केही उम्मेदवार कृषि उत्पादनलाई विदेश निर्यातको सपना देखाइरहेका छन्। काेही गाउँमा अथाह रोजगारीकाे सपना बाँडीरहेका छन्।

कैलाली क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ले विकास र सम्भावनाको सानाे ढाेका उघार्ने संकल्प गरे। तर उनले त्यो संकल्पमा जादुमयी योजना सुनाएनन्।

चुरे गाउँपालिकाका विभिन्न टाेलमा पुगेका उनले सहजपुर, निगाली, खैराला, बैसेनी र गर्भामा भने, ‘माेटरबाटाे नहुनु नै यहाँकाे विकासको वाधन रहेछ। बाटो मात्रै १२ महिना चल्ने अवस्था भए यहाँकाे विकास आफै हुनेरहेछ।’

उनले विगतका नेताजस्ताे चुनावी चर्का भाषण नगरेकाे स्थानीय बताउँछन्। बिष्टले यहाँकाे माटाे सुहाउँदाे, माग अनुसारको र साँच्चै प्राथमिक पीडालाई नजिकबाट नियालेर सामान्य कुरालाई सम्बाेधन गरेकाे स्थानीय मतदाताले बताए।

चुरे ४ का स्थानीय जेष्ठ नागरिक प्रेमराजले भने, ‘आनन्द बिष्टले गरेको भाषण चुनावी नारा जस्तो लागेन। साँच्चै जनताले भाेगेका समस्या टिपेर उहाँले बाेल्नुभयो। निकै सरल कुरा गर्नुभयो, निकै सामान्य विषय उठाउनु भयो। जाे हाम्रा आवश्यकता हुन्।’

बिष्टले मन्तव्यका क्रममा भनेका थिए, ‘पहाडको काखमा रहेको याे चुरे गाउँ कैलालीको शितल स्वर्ग हो, यहाँका उत्पादनलाई बजार चाहिएको छ, जनतालाई सडक चाहिएको छ, बिरामीलाई उपचार र नयाँ पुस्तालाई शिक्षा। त्यो भयो भने, यो ठाउँ आफै स्वर्गजस्तो छ। अझ लाेभलाग्दाे बन्छ। त्यो जिम्मेवारी पुरा गर्ने म संकल्प गर्छु।’

मोहन्यालको माटाेमा उभिएर उनले यहाँकाे उत्पादन विदेश निर्यात गर्ने सपना देखाएनन्। यहाँका युवा सबैलाई राेजगार बनाउने आस्वासन बाँडेनन्।

बरु चुरे पहाडी क्षेत्र कृषि उत्पादन, जडीबुटीको भण्डार, फलफूल खेतीको प्रचुर सम्भावना, पर्यटन र धार्मिक पर्यटनका लागि अद्भुत स्थल भएकाले त्यसलाई सहजीकरण र बजारीकरणमा नीतिगत पहल गर्ने बताए।

उनले गाउँमा नभै नहुने एम्बुलेन्स, स्वास्थ्य उपचार र शिक्षामा आफ्नाे विदेशसम्मको सम्बन्धले पनि सुधार ल्याउन सघाउने बचन दिए।

उनको सरल भाषणको मुल्यांकन गोदावरी–१०, दमौराकी भूतपूर्व भलमन्सा जानकी चौधरीले पनि राम्ररी गरेकी छन्, ‘धेरै नेता आए, ठूला ठूला कुरा गरे, भए नभएका आश्वासन दिए गए, तर काम गरेनन्। जितेकाहरू पनि फर्केर आएनन्। उहाँ युवा हुनुहुन्छ, देश–विदेश बुझेका मान्छे छन्। ठिक्क कुरा गरेको सुन्छु। केही गर्छन् भन्ने भरोसा छ।’

कैलाली क्षेत्र नम्बर ४ को तराइँ क्षेत्रको घरदैलाे सकेर ४ दिनसम्म चुरे पहाडमा रहेको चुरे क्षेत्रका मतदाताको टाेलटाेल पुगेका उम्मेदवार आनन्दले मसिना मसिना कुरा गरे।

उनले भने, ‘यो उच्च गर्मी हुने कैलालीको शितल भूमि स्वर्ग हो, बुढापाकालाई उपचार, बालबालिकालाई राम्रो शिक्षा, उत्पादनलाई बजार र जनतालाई बाटाे मात्र दिनसके यहाँको कायापलट आफै हुन्छ।’

बाटाेमा भेटिने बाख्रापालक किसान हुन कि कुखुरा पाल्ने स्थानीय। सुन्तला फलाउने मिहिनेती हुन वा खेत जाेत्दै गरेका पाैरखीसँग उनले निकै भावुकतापूर्वक भलाकुसारी गरे। ‘के हुनसके थप प्रगति हुन्छ होला ?’ भन्ने राय बुझे। डायरीमा टिपे।

स्थानीय बुज्रुकदेखि युवाहरु, किसानदेखि शिक्षक, व्यवसायीदेखि पशुपालकले प्रतिकृया दिए, ‘उनले ठूला कुरा गरेनन्। सानासाना कुरा गरे। जाे हाम्रा आवश्यकता हुन्, गर्न पनि सकिन्छन। तर विगतका नेताले गरेनन्।’

आनन्दको काँधमा एउटै जिम्मेवारी छ- आफूले गरेका साना कुरा इमान्दार भएर पूरा गर्ने।

आसन्न निर्वाचनमा कैलाली ४ बाट नेपाली कांग्रेसका गोरखबहादुर बिष्ट ‘आनन्द’ मैदानमा छन् भने उनका मुख्य प्रतिस्पर्धी एमाले उपमहासचिव लेखराज भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका खेमराज कोइराला र नेकपाका हरिराम चौधरी हुन्।

आनन्द बिष्ट खैराला गोरखबहादुर बिष्ट निर्वाचन