Logo
१८ वैशाख २०८३, शुक्रबार

दार्चुला–बझाङका तीन मतदान केन्द्रमा मतदाता आएनन्

अक्षरपाटी
२०८२ फागुन २१ , बिहीबार ०९:०३ मा प्रकाशित

काठमाडौं । देशभर बिहानीदेखि मतदान सुरु भए पनि दार्चुलाका दुई र बझाङको एक मतदान केन्द्रमा मतदाताहरू मतदान गर्न आएका छैनन्।

दार्चुला जिल्लाको नौगाढ गाउँपालिका–१ स्थित गौरीशंकर मावि र अपि हिमाल गाउँपालिका–३ स्थित झाक्सु मतदान केन्द्रमा मतदाता उपस्थित भएनन्। त्यस्तै, बझाङको तालकोट गाउँपालिका–४ लुकड मतदान केन्द्रमा पनि मतदाता नआएको जानकारी गृहमन्त्रालयका अधिकारीहरूले दिएका छन्।

यद्यपि कर्मचारी र सुरक्षाकर्मीहरू मतदान केन्द्रमा उपस्थित थिए।

निर्वाचन

ट्रेन्डिङ ( साप्ताहिक )